काठमाडौं । प्रधानमन्त्रीको मुस्ताङ भ्रमणलाई लिएर श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले प्रतिनिधिसभामा प्रश्न उठाएका छन्। सोमबारको संसद् बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिको भ्रमणबारे मन्त्रिपरिषद् र संसद्लाई जानकारी दिइएको हो कि होइन रु भन्दै प्रश्न गरे।
उनले प्रधानमन्त्रीको निजी जीवन भए पनि सार्वजनिक पदमा रहेपछि उनका गतिविधि राज्य र जनतासँग जोडिने भन्दै भ्रमणको उद्देश्यबारे सदनलाई स्पष्ट जानकारी दिनुपर्ने बताए।
‘प्रधानमन्त्री मुस्ताङ किन जानुभयो रु के खान जानुभएको रु’ भन्दै उनले व्यंग्यात्मक प्रश्नसमेत गरे।साम्पाङले प्रधानमन्त्री मुस्ताङ गएको विषयमा सदनलाई जानकारी नदिइएको भए त्यसको जवाफ दिनुपर्ने बताए। उनले प्रधानमन्त्रीको भ्रमणको उद्देश्य र त्यहाँ भएका गतिविधिबारे संसद्मा स्पष्ट पार्न माग गरे।
उनले भने, ‘प्रधानमन्त्री पदको निजी जीवन हुँदैन भन्ने हेक्का राख्नुपर्छ। सदनमा जवाफ दिनुपर्छ।’प्रधानमन्त्रीको भ्रमणलाई लिएर संसद्मा प्रश्न उठाउँदै साम्पाङले सरकारको पारदर्शिता र जवाफदेहितामाथि समेत प्रश्न खडा गरेका छन्।






































