काठमाडौं— सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र भन्सार कार्यालयको स्थलगत अनुगमन गरेको छ।

समितिले सार्वजनिक सेवा प्रवाह, राजस्व प्रशासन तथा यात्रु सेवा व्यवस्थाको अवस्थाबारे जानकारी लिन विमानस्थलस्थित सम्बन्धित कार्यालयको अनुगमन गरेको हो।

अनुगमनका क्रममा समितिका सदस्यहरूले अध्यागमन प्रक्रिया, भन्सार व्यवस्थापन, यात्रुले प्राप्त गर्ने सेवा सुविधा तथा राजस्व संकलनको अवस्थाबारे जानकारी लिएका थिए।

समितिले विमानस्थलबाट प्रवाह हुने सेवामा देखिएका समस्या, सुधार गर्नुपर्ने पक्ष र व्यवस्थापनको अवस्थाबारे सम्बन्धित अधिकारीसँग छलफलसमेत गरेको जनाइएको छ।