काठमाडौं । काठमाडौं महानगरपालिकाको १९औँ नगरसभा नीति, बजेट र विभिन्न विधेयक पारित गर्दै सम्पन्न भएको छ। जेठ ३१ गतेदेखि सुरु भएको अधिवेशन छैटौँ बैठकसँगै औपचारिक रूपमा टुंगिएको हो।
नगरसभाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख रुपैयाँभन्दा बढीको बजेट, ११ क्षेत्रका १०१ बुँदे नीति तथा कार्यक्रम, आर्थिक र विनियोजन विधेयक तथा आवश्यक कानुनी संशोधन सर्वसम्मत रूपमा पारित गरेको छ।
कार्यवाहक प्रमुख सुनिता डङ्गोलले स्वीकृत नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरी राजधानीवासीलाई गुणस्तरीय सेवा, सुशासन र विकासको अनुभूति गराउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
अब काठमाडौं महानगर आगामी आर्थिक वर्षका विकास योजना र सेवा सुधारका कार्यक्रम कार्यान्वयनतर्फ अघि बढ्नेछ।






































