काठमाडौं— सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कैलाली निवासी रावललाई संस्थानको महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै रावलको नियुक्ति भएको जानकारी दिएका हुन्।




































