काठमाडौं— सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आठ एआईजीलाई सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । सरुवा को–को हुने भन्नेबारे खुलाइएको छैन् ।