काठमाडौं— भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले असार १६ र १७ गते बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म कान्ति लोकपथ (हेटौँडा–काठमाडौं सडक) मा रात्रिकालीन यात्रा पूर्ण रूपमा रोक लगाएको छ।

प्रशासनले पहिरो, बाढी र सडक अवरुद्ध हुने जोखिम रहेकाले अनावश्यक यात्रा नगर्न, नदी तथा खोलामा जोखिमपूर्ण गतिविधि नगर्न र मौसम तथा सुरक्षा निकायको आधिकारिक सूचना पालना गर्न सबैलाई आग्रह गरेको छ। आपत्कालीन अवस्थामा निःशुल्क नम्बर ११४९ मा सम्पर्क गर्न पनि प्रशासनले अनुरोध गरेको छ।