काठमाडौं— नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट दर्ता भएको छ। सोमबार प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ओरालो लागेर ४ हजार २८५ रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा यो भारी गिरावट आएको व्यवसायीहरूले बताएका छन्।






































