कैलाली— कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्का क्षेत्रमा पूर्व–पश्चिम राजमार्गमा गएराति बोलेरो जिप र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटरमा सवार श्रीमान–श्रीमती घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी योगेन्द्र तिमिल्सेनाका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको से १ च १८६७ नम्बरको बोलेरोले विपरीत दिशाबाट आइरहेको सु.प.प्र. ०१–०११ प ३१५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
दुर्घटनामा स्कुटर चालक जनक रिमालको टाउको, मुख तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। पछाडि सवार उनकी श्रीमती धना रिमालको भने टाउको, हात र मुखमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घाइते दुवैलाई तत्काल उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पठाइएको छ। दुर्घटनालगत्तै बोलेरो चालक घटनास्थलबाट फरार भए पनि पछि प्रहरीको सम्पर्कमा आएका छन्।
प्रहरीले दुर्घटनामा संलग्न बोलेरो र स्कुटर दुवैलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। दुर्घटना इलाका प्रहरी कार्यालय लम्कीबाट करिब ७ किलोमिटर पश्चिम गप्का क्षेत्रमा भएको हो।






































