हेटौंडा— भारततर्फ तस्करी गर्न लागिएको ४ किलो ४२० ग्राम अफिमसहित दुई जनालाई मकवानपुरबाट प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विशेष सूचनाका आधारमा शुक्रबार हेटौंडा–४ बाट मकवानपुरका ५४ वर्षीय राजकुमार लामा र ४० वर्षीय राजकुमार तितुङलाई नियन्त्रणमा लिएको हो।

बरामद अफिमसहित दुवैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाइएको प्रहरीले जनाएको छ।