काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको जारी प्रथम महाधिवेशनमा बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु हुने भएको छ ।
सोमबार बिहानबाट हुने भनिएको बन्दसत्र मंगलबार दिउँसो २ बजेबाट सुरु हुन लागेको हो । महाधिवेशनमा चार हजार २०० प्रतिनिधि छन्। महाधिवेशन प्रतिनिधिको सूची टुंगो लाग्न नसक्दा बन्दसत्र ढिलो सुरु हुनको कारण महाधिवेशन प्रतिनिधिको सूची टुंगो लाग्न नसक्दाले हो।
बन्दसत्र प्रतिनिधि परिचयपत्र वितरणपछि तालिकाअनुसार नै सञ्चालन हुनेछ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्, र त्यसमा छलफल हुनेछ ।त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुति गर्नेछन् र छलफल हुनेछ । कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुनेछ ।
त्यसपछि पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गर्ने भनिएको छ। त्यस लगतै पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिनेछ । पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने सम्भावित तालिका रहेको छ ।
यो बन्दसत्रका कार्यक्रम उद्योग संघको प्रदर्शनी केन्द्रमा भइरहेको छ ।






































