काठमाडौं— काठमाडौंको गुहेश्वरी क्षेत्रमा डेरा गरी बस्दै आएकी एक युवती मृत अवस्थामा फेला परेकी छन्।
काठमाडौं महानगरपालिका–८ गुहेश्वरीमा बसोबास गर्दै आएकी २५ वर्षीया सलनी केसी बिहीबार आफ्नै कोठामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार केसीको स्थायी घर सिन्धुपाल्चोक जिल्लामा रहेको छ। घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान थालेको छ।
मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको नेपाल प्रहरीले जनाएको छ।






































