विर्तामोड— नेपाल प्रजातन्त्र सेनानी संघ झापाको रिक्त उपाध्यक्ष पदमा शेखरनाथ अधिकारी मनोनित भएका छन्। स्वास्थ्य समस्याका कारण निर्वाचित उपाध्यक्ष उत्तम सुवेदीले राजीनामा दिएपछि रिक्त रहेको पदमा संघको विधानअनुसार अधिकारीलाई जिम्मेवारी दिइएको हो।
संघका अध्यक्ष लिलक सिटौलाको अध्यक्षतामा बसेको बैठकले अधिकारीलाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको सचिव पङ्कज घिमिरेले जानकारी दिएका छन्। सोही बैठकले विधानबमोजिम केदार खड्का, नारायण पौडेल र दिपेन पाठकलाई संघको सदस्यमा पनि मनोनित गरेको छ।
बैठकले प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा तथा झापाको धुलाबारी निवासी याम भण्डारीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। साथै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको संघका उपाध्यक्ष ज्ञानमणि भुर्तेलले बताए। भण्डारीको गत जेठ २९ गते उपचारका क्रममा निधन भएको थियो।
यसैबीच, वी.पी. स्मृति दिवसको अवसर पारेर आगामी साउन ६ गते संघको जिल्ला भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।






































