काठमाडौं । ठगी आरोपमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह रकम फिर्ता गरेपछि हाजिर जमानीमा रिहा भएका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साहले पीडित पक्षलाई ४ लाख ५० हजार रुपैयाँ बुझाएको प्रमाण पेश गरेपछि सोमबार साँझ उनलाई हाजिर जमानीमा छाडिएको हो।

सकुन्तला अधिकारीको जाहेरीपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि प्रहरीले उनलाई जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।यद्यपि साहमाथि अर्को कानुनी समस्या पनि बाँकी रहेको छ। बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा काठमाडौं जिल्ला अदालतले यसअघि नै एक महिना कैद र १ लाख २५ हजार रुपैयाँ जरिवाना फैसला गरिसकेको प्रहरीले जनाएको छ।

ठगीको रकम फिर्ता गरेर तत्काल रिहा भए पनि चर्चित सेफ सन्तोष साहको कानुनी यात्रा भने अझै पूर्ण रूपमा टुंगिएको छैन।