एजेन्सी— अफगानिस्तानको सरकारी सञ्चारमाध्यम बाख्तर समाचार एजेन्सीले बिहीवार दिएको जानकारी अनुसार बुधवार कुल ७२४ परिवारका ३,६९३ जना नागरिकहरू आफ्नो निर्वासन जीवन समाप्त गरी स्वदेश फर्किएका छन् ।
समाचार एजेन्सीकाअनुसार तीमध्ये ६६२ परिवारलाई उनीहरूको गृह प्रान्तमा स्थानान्तरण गरिसकिएको छ भने बाँकी ६२ परिवारलाई आवश्यक सहायता सामग्री उपलब्ध गराएपछि मात्र उनीहरूको गृह जिल्ला वा प्रान्तमा पठाइनेछ ।
विगत केही हप्ताहरूमा छिमेकी मुलुक पाकिस्तान र इरानबाट ८५ हजार भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो मातृभूमि फर्किसकेका छन् ।





































