काठमाडौं— साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २०.२७ अंकले घट्दै २,७३५.१४ बिन्दुमा बन्द भएको छ।
आजको बजारमा अधिकांश कम्पनीको शेयर मूल्य घटेको देखिएको छ। ३५६ कम्पनीका ९२ लाख ३६ हजार ६७७ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १९० रुपैयाँ बराबरको कारोबार भएको छ।
समूहगत सूचकतर्फ फाइनान्स समूहबाहेक सबै समूह राताम्मे बने। कारोबारमा सहभागी कम्पनीहरूमध्ये ४३ कम्पनीको शेयर मूल्य बढ्दा २२१ कम्पनीको मूल्य घटेको छ। यस्तै ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
आज सबैभन्दा बढी कमाउने कम्पनीमा कालिञ्चोक हाइड्रोपावर र क्रेस्ट माइक्रो लाइफ रहे। कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य १४.९९ प्रतिशतले बढ्दा क्रेस्ट माइक्रो लाइफको १३.११ प्रतिशतले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा भने सेन्ट्रल फाइनान्स अग्रस्थानमा रह्यो। उक्त कम्पनीको २० करोड ४६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।





































