काठमाडौं— दुई जलविद्युत् कम्पनीले हकप्रद सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग्दै आवेदन दिएका छन्।
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पुँजी बराबर अर्थात् १ः१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको छ।
त्यसैगरी, अरुण काबेली पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न सेबोनमा आवेदन दिएको छ।
धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि दुवै कम्पनीले हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाउनेछन्।
जलविद्युत् क्षेत्रका कम्पनीहरूले परियोजना विस्तार, ऋण व्यवस्थापन तथा वित्तीय संरचना सुदृढीकरणका लागि पछिल्लो समय हकप्रद सेयरमार्फत थप पुँजी जुटाउने रणनीति अपनाइरहेका छन्।






































