काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ भने घटेको छ। पछिल्ला दिनमा लगातार उतारचढाव देखिएको बहुमूल्य धातुको बजार आज सुनका लागि शान्त देखिए पनि चाँदीले भने गिरावटको संकेत गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ। मंगलबार पनि सुन यही मूल्यमा कारोबार भएकाले आज सुनको मूल्यमा कुनै परिवर्तन देखिएको छैन।

यता चाँदीको मूल्यमा भने सामान्य कमी आएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ घट्दै चाँदी ५ हजार ३ सय ७० रुपैयाँमा झरेको महासंघले जनाएको छ।त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ८ सय ९० रुपैयाँ कायम गरिएको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ६ सय ४ रुपैयाँ तोकिएको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिने उतारचढाव, डलरको अवस्था तथा लगानीकर्ताको चासोले सुनचाँदीको मूल्य निर्धारणमा प्रभाव पार्ने गर्छ। बजार स्थिर देखिए पनि आगामी दिनमा अन्तर्राष्ट्रिय परिस्थितिअनुसार मूल्य फेरि परिवर्तन हुन सक्ने व्यवसायीहरूको भनाइ छ।