काठमाडौं— सरकारले प्रशासनिक क्षेत्रमा सुधार गर्दै साधारण खर्चमा व्यापक मितव्ययिता कायम गरिने नीति लिएको छ। कर्मचारीतन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्यसम्पादनमा कुशल र पूर्ण रूपमा जवाफदेही बनाउने उद्देश्य बजेटले राखेको छ। 

यसका लागि निजामती कर्मचारी र सुरक्षा निकायका कर्मचारीहरूको सेवासुविधा निरन्तर रूपमा वृद्धि हुँदै जाने गरी आवश्यक प्रबन्ध मिलाइएको समेत अर्थमन्त्री वाग्लेले बताए।