काठमाडौं— आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्नका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद् कार्यालयतर्फ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठकका लागि वाग्ले हालै अर्थ मन्त्रालयबाट निस्किएका हुन् ।
मन्त्रिपरिषदको उक्त बैठकले अर्थमन्त्रीले पेश गरेको बजेटलाई अन्तिम रूप दिँदै पारित गर्नेछ । मन्त्रिपरिषद्बाट बजेट पारित भएलगत्तै अर्थमन्त्री वाग्ले सिधै संसद बैठकमा पुग्नेछन् ।
संवैधानिक व्यवस्था अनुसार आज जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेको हो । अर्थमन्त्री वाग्लेले आज अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।






































