जुम्ला— जिल्लाको गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।

नेपाली काङ्ग्रेसबाट निर्वाचित अध्यक्ष बुढा बिहीबार गाउँपालिकामा आयोजित एक कार्यक्रममा उनले औपचारिक रूपमा रास्वपा प्रवेश गरेको घोषणा गरेका हुन्।

रास्वपामा प्रवेशसँगै अध्यक्ष बुढाले आफू जनताबाट निर्वाचित प्रतिनिधि भएकाले कुनै पनि दलले चाहेर आफ्नो पद खोस्न नसक्ने उनको दाबी छ।

बुढा राजनीतिक यात्रा विभिन्न दल हुँदै रास्वपा पुगेका हुन उनी २०५७ सालमा माओवादी आन्दोलनमा सक्रिय भएका थिए। पछि एमाले हुँदै स्थानीय तह निर्वाचनअघि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए। पहिलो स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका बुढा दोस्रो पटक निर्वाचित भएका थिए।