काठमाडौं— आगामी बजेटमा श्रमिकका मुद्दा सम्बोधन गर्न नेपाल ट्रेड युनियन कांग्रेसले सरकारसमक्ष १३ बुँदे सुझाव पेस गरेको छ।
अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा, कर्मचारी तलब वृद्धि, श्रम कार्यालय विस्तार, वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षा, सेवा शुल्क निरन्तरता, सामाजिक सुरक्षा करको उचित व्यवस्थापन, श्रमिकमैत्री राहत कार्यक्रम लगायत विषयलाई बजेटमा समेट्न आग्रह गरिएको छ।
श्रमिकको हक, सुरक्षा र सम्मान सुनिश्चित गर्न बजेट श्रमिकमैत्री हुनुपर्ने माग गरिएको छ।






































