काठमाडौं— धादिङको रुबीभ्याली गाउँपालिका–३ स्थित सवालुङ्ग भीर क्षेत्रमा साइक्लिङ गर्ने क्रममा करिब २०० मिटर तल खसेर अड्किएका काठमाडौंको कपनका एक जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।
आइतबार भएको उक्त घटनापछि सेनाको भैरव गण (बोराङ्ग)बाट खटिएको टोलीले नेपाल प्रहरी र स्थानीयको सहकार्यमा उनको उद्धार गरेको हो।
घाइतेलाई प्राथमिक उपचारपछि करिब ७ किलोमिटर स्ट्रेचरमा बोकेर सुरक्षित स्थानमा ल्याइएको र त्यसपछि हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको सेनाले जनाएको छ।






































