काठमाडौं— नेपाली चलचित्र ‘बिगुल’को प्रिमीयर सार्वजनिक भएको छ । कथाकार तथा निर्माता दिनेश कोइरालाको बहुचर्चित फिल्म ‘बिगुल’को प्रिमीयर हिजो मंगलबार जमलस्थित विश्वज्योती हजमा सार्वजनिक भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायत राजनीतिक, सामाजिक, सांस्कृतिक तथा बौद्धिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले ‘बिगुल’ चलचित्रले समाजलाई सुसंस्कृत, स्वच्छ र जिम्मेवार बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरिएको गरेका छन् ।

उनले भने, ‘समाजलाई सुसंस्कृत बनाउन, स्वच्छ बनाउन र राजनीतिलाई पनि स्वच्छ बनाउन मानिसहरूलाई देश र जनताप्रति सर्मपित भएर लाग्न यो चलचित्रले प्रेरणा दियोस ।’

यस्तै, भगवती न्यौपानेले राजनीति भित्रका कामजोरीहरु ‘बिगुल’ चलचित्रले उजागर गरेको बताएकी छन् । उनले यो चलचित्रले विकृती अन्य गर्नु पर्छ भन्ने खालको सन्देश दिने समेत बताइन् ।

उनले भनिन्, ‘यो चलचित्रले राजनीति भित्रका कामजोरीहरु यो उजागर गरेको छ । राजीिति भित्रका विकृतिहरू छन् । त्यो विकृती अन्य गर्नु पर्छ भन्ने खालको सन्देश दिन्छ । राजनीति भित्र जुन निष्ठा हराउँदै गएको छ विचार र सिद्धान्त मर्दै गएको छ यसलाई औंल्याउन खोजेको छ ।’

कथाकार तथा निर्माता दिनेश कोइरालाले समाज परिवर्तनको उद्देश्यसहित फिल्म निर्माण गरिएको बताएका छन् । उनले ‘बिगुल’ कुनै व्यक्ति वा दलविरुद्ध नभई देशमा मौलाएको विकृति, अन्याय र भ्रष्ट प्रवृत्तिविरुद्ध उठाइएको कलात्मक आवाज रहेको बताए ।