काठमाडौं— दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको हो ।
बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल हुनेछ ।
यसैगरी, विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको छ । बिहान १० बजे बस्ने बैठकमा आगामी आ।व।२०८३्र०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरूसँग छलफल हुने कार्यसूची छ ।





































