काठमाडौं— वरिष्ठ गीतकार तथा साहित्यकार डा. रामप्रसाद दाहालको ‘कोहिलीको कुहुकुहु’ गीत सार्वजनिक भएको छ ।
बिहीबार चर्चित गायिका अन्जु गौतमको युट्युवमार्फत ‘कोहिलीको कुहुकुहु’ सार्वजनिक भएको हो ।
गीतमा मोडलिङ ज्योति खड्काले गरेकी छिन । डा. दाहालका झन्डै ४० गीत सार्बजनिक भइसकेका छ्न ।
उनका गीतमा अन्जु पन्त, स्वरुपराज आचार्य, रामकृष्ण ढकाल, शिव परियार संगीता राना, अन्जु गौतम र रीतु कडेललगायतले स्वर भरिसकेका छन् ।
उनको गीतमा पल शाह, बर्षा राउत, अनु शाह लगायतले मोडलिङ गरेका छ्न ।






































