काठमाडौं— प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ सहभागी केही दलले निर्वाचन खर्च विवरण नबुझाएको पाइएको छ। निर्वाचन आयोगका अनुसार स्वाभिमान पार्टी, सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टीले हालसम्म विवरण पेश गरेका छैनन्।
यस्तै, नेकपा (एमाले) सहित ६ दलले खर्च विवरण बुझाए पनि सार्वजनिक गरेका छैनन्। एमालेले ७५ लाख ५५ हजार रुपैयाँभन्दा बढी खर्च भएको विवरण आयोगमा बुझाएको जनाएको छ।
निर्वाचन आयोगले समयमै विवरण नबुझाउने दललाई स्पष्टीकरण सोधिएको जनाएको छ। कानुनअनुसार निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ।






































