विराटनगर— झापा र मोरङ जिल्लाको विभीन्न स्थानबाट लागू औषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ ।

झापाको भद्रपुर नगरपालिका-८ स्थीतबाट जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले ४ ग्राम ९६० मिलिग्राम ब्राउन सुगर सहित भद्रपुर नगरपालिका-१० का पवन खड्का  र भद्रपुर नगरपालिका-८ का रुमिलुङ राईलाई पक्राउ गरेको छ भने झापाको इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-३ का मेघराज दियालीलाई १ ग्राम ३२० मिलिग्राम र कुर्वान अन्सारीलाई १ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका-६ स्थितबाट सोही स्थानकी सुस्मिता लिम्बुलाई १ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गेको छ ।