काठमाडौं— आज (शुक्रबार) तीन संसदीय समितिको बैठक बस्दै छ ।
आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको छ ।
आज दिउँसो १ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा १० भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुने छ ।
यस्तै, आज महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको छ । बिहान १०ः३० बजे बस्ने समितिको बैठकमा समितिको आन्तरिक छलफल सम्बन्धमा हुने छ ।
त्यस्तै दिउँसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल हुनेछ ।






































