काठमाडौं— थापाथलीस्थित सुकुमवासी बस्ती भत्काइएको स्थलमा पुगेका श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ त्यहाँ धेरैबेर नबसी फर्किएका छन्।

उनी हातमा ह्याण्ड माइक लिएर बागमती नदी किनार पुग्दा मिडियाकर्मीहरूले उनलाई घेरेपछि फर्किएका थिए। अत्यधिक भीडका कारण असहज महसुस गरेपछि उनले कुनै प्रतिक्रिया नदिई त्यहीँबाट फर्किने निर्णय गरेका हुन्।

गत वैशाख १२ र १३ गते सरकारले डोजर प्रयोग गरेर उक्त बस्तीका घर तथा टहरा भत्काएको थियो। अहिले त्यहाँ भग्नावशेष मात्र बाँकी रहेको छ।

हर्क साम्पाङले यसअघि पनि सुकुमवासीहरूलाई बेघर बनाइएको भन्दै सरकारको कडा आलोचना गर्दै आएका छन्।