विराटनगर— झापा, सुनसरी र पाँचथरबाट लागू औषध ब्राउन सुगर सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार झापाको अर्जुनधारा नगरपालिका-११ स्थितमा लागू औषध कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT, लागू औषध नियन्त्रण व्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले २९ ग्राम २९० मिलिग्राम ब्राउन सुगर र मे.१० प ९२९३ नम्बरको मोटरसाईकल सहित बेचबिखानमा संलग्न सोही स्थानका मन्दिप राई, उमेश तामाङ, अर्जुनधारा-४ का सनम खड्का, अर्जुनधारा-५ का ध्रुव कुमार दनुवार र बिर्तामोड-३ का विश्च राजवंशीलाई पक्राउ गरेको हो । 

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीले कोशी गाउँपालिका-१ बाट ८ ग्राम ५७० मिलिग्राम ब्राउन सुगर सहित उदयपुर बेलका-३ का प्रताप राई, त्रियुगा नगरपालिका-१२ का मोहमद इस्माइल र मोरङ कटहरी-४ का बिबेक कुमार मण्डललाई पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाले धरान-११ बाट सोहि स्थानका सन्देश लिम्बुलाई १ ग्राम ४५०  मिलिग्राम सहित पक्राउ गरेको हो ।

यसका साथै जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम नगरपालिका-१ बाट ८६० मिलिग्राम ब्राउन सुगर सहित फिदिम-८ का अशोक गुरूङ र राजु तामाङलाई पक्राउ गरेको हो । लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनसुन्धान भईरहेको छ ।