काठमाडौं । आज विश्व प्रतिलिपि अधिकार दिवस मनाइँदै छ ।
सन् १९९५ मा फ्रान्सको पेरिसमा सम्पन्न भएको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक तथा सांस्कृतिक सङ्गठन, युनेस्कोको एक महासभाले अप्रिल २३ को दिन ‘विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस’ को रूपमा मनाउने घोषणा गरेको थियो।
यस दिवसको उद्देश्य पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका साथै पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्नु हो । यो दिनले विश्व साहित्यमा ऐतिहासिक महत्व पनि राख्छ ।






































