काठमाडौं — काठमाडौं महानगरपालिका ले ठमेलस्थित त्रिदेवी मन्दिर परिसरमा निर्माण गरिएको अनाधिकृत संरचना हटाएको छ।

आज महानगरपालिका–२७ अन्तर्गत रहेको उक्त क्षेत्रमा नगर प्रहरीले डोजर प्रयोग गरी अवैध रूपमा बनाइएको संरचना भत्काएको हो। महानगरका अनुसार सार्वजनिक तथा धार्मिक स्थल अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउने अभियान अन्तर्गत यो कारबाही गरिएको हो।

महानगरले पछिल्लो समय शहरभित्रका सार्वजनिक स्थल, सडक किनारा तथा सम्पदास्थलहरूमा बनेका अवैध संरचना हटाउने कार्यलाई तीव्र बनाएको जनाएको छ। साथै, यस प्रकारका अतिक्रमण नियन्त्रण गर्न आगामी दिनमा पनि अनुगमन र कारबाही जारी रहने महानगरले स्पष्ट पारेको छ।