काठमाडौं— युट्युबर रोशन पोखरेल पक्राउ परेका छन् । 

प्रधानमन्त्री बालेन शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । पाँचथरमा एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा फाल्गुनन्द गाउँपालिका–७ घर भएका पोखरेललाई जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।

‘Hades’ नामक युटुब च्यानलमा प्रसारित सामग्रीका आधारमा उनलाई पक्राउ गरिएको हो ।