काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी प्रदेशका पहाडी भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने जनाइएको छ । कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भागका केही स्थानका साथै मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
राति हिमाली क्षेत्रमा सामान्य बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। साथै गण्डकी प्रदेश लगायत पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना औँल्याइएको छ। महाशाखाले सतर्कता अपनाउन र आवश्यक सावधानी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।






































