काठमाडौं— नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रधानमन्त्री बालेन्द्र शाहले समानुपातिक सांसदमाथि विभेद गरेको भन्दै संसदमा प्रश्न उठाएकी छिन् । 

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री शाहले प्रत्यक्ष निर्वाचित सांसदका मात्रै कुरा सुनेको भन्दै आपत्ति जनाइन् ।"प्रधानमन्त्रीबाट प्रत्यक्ष निर्वाचित माननीयलाई भेट दिएर विकास निर्माणका कुरा राख्ने अवसर दिनुभएको छ । समानुपातिक प्रणालीबाट निर्वाचित माननीयहरू उक्त अवसरबाट किन वञ्चित ?" उनको प्रश्न छ ।  

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्रीमन्त्री रमेश लेखकको रिहाको माग समेत गरेकी छिन् ।