काठमाण्डौ  ।  शेरबहादुर देउवा दम्पत्तीविरुद्ध पक्राउ पूर्जी जारी, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने भएको छ।

उपचारका लागि हङकङमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्र मन्त्री आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर देउवा दम्पत्तीलाई सम्पत्ति शुद्धीकरण प्रकरणमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको हो।

गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले बताएको छ।

शेरबहादुर देउवा र आरजुलाई प्रहरीले इन्टरपोलबाट प क्राउ गरि नेपाल ल्याउने तयारी थालेको छ । बालेन नेतृत्वको नयाँ सरकारले पूर्व प्रधानमन्त्री तथा उच्च पदस्त नताहरुको सम्पत्ति छानविन गर्ने निर्णय गरेअनुरुप देउवा दम्पत्तिमाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धन थालेको छ । 

चुनाव लगतै देउवा र आरजु हङकङ पुगेका छन् । उनीहरु फर्किने सुरसार नभएकाले प्रहरीले इन्टरपोल मार्फत नेपाल ल्याउने तयारी थालेको हो ।