काठमाण्डौ  ।   अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प इरानका पुल, पावर प्लान्ट र नागरिक लक्ष्यहरूमा आक्रमण गर्ने आफ्नो कडा धम्कीबाट पछि हटेका छन्। 


इरानले दुई हप्ताको युद्धविराम र रणनीतिक महत्त्वको 'स्ट्रेट अफ होर्मुज' पुनः खोल्ने प्रस्ताव गरेको भन्दै ट्रम्पले यस्तो जानकारी दिएका हुन्।ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इरानले वार्ताका लागि व्यावहारिक आधार प्रस्तुत गरेको छ।’ उनले इरानको १० बुँदे शान्ति योजनाले फेब्रुअरी २८ देखि सुरु भएको युद्ध अन्त्य गर्न मद्दत गर्ने आशा व्यक्त गरे। उनले थपे, ‘दुई हप्ताको अवधिमा सम्झौतालाई अन्तिम रूप दिइनेछ र यसबीच इरानमाथिको बमबारी स्थगित गरिनेछ।’अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र इरानबीच दुई साताका लागि ससर्त युद्धविराम र होर्मुज ‘सुरक्षित मार्ग’ उपलब्ध गराउने सहमति भएको छ ।


होर्मुजबाट व्यापारिक जहाजलाई निर्वाध रूपमा आवतजावत गर्न दिने सर्तमा ट्रम्पले दुई साताको युद्धविराम प्रस्ताव स्वीकार गरेको बिबिसीले जनाएको छ ।इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले इरानविरुद्धका आक्रमणहरू रोकिएमा आफूहरू पनि लडाइँ अन्त्य गर्न तयार रहेको बताएका छन् । यसअघि राष्ट्रपति ट्रम्पले समयसीमा तोक्दै सहमति नभए ‘आज राति एउटा सिङ्गो सभ्यताको अन्त्य हुने’ चेतावनी दिएका थिए ।


यस संकटमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले ‘कूटनीतिलाई स्थान दिन’ भन्दै ट्रम्पलाई आफ्नो समयसीमा दुई साता थप्न आग्रह गरेको थियो ।


अमेरिका र इरानबीच युद्ध रोक्ने बोल्ड सहमती पछि विश्वले फेर्यो शान्तिको श्वास विश्वभर मच्चिएको युद्धको त्रास तत्कालका लागि टरेको छ। ट्रम्पको 'सभ्यता नै सिध्याइदिने' चेतावनीपछि अमेरिका र इरानबीच दुई साताको ससर्त युद्धविराम भएको छ। होर्मुजबाट व्यापारिक जहाज चल्न दिने सर्तमा पाकिस्तानको मध्यस्थताले यो शान्ति सम्भव बनाएको हो।