काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरूमा, मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भूभागमा केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

राति देशभर साधरणतया बादल लाग्नेछ। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागको धेरै स्थानहरूमा स्थानहरूमा तथा तराई भूभागका केहि स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।