एजेन्शी  ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न तयार नभए मङलबार राति पुरै सभ्यता नष्ट हुने धम्की दिएका छन् । 

ट्रम्पले ट्रुथ सोसियलमा पोस्ट गर्दै यस्तो  धम्की दिएका हुन् । उनले इरानलाई समाप्त पार्न चाहेको सन्देश दिँदै यस्तो लेखेका छन् । ’पूरै सभ्यता आज राति नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन । म यस्तो होस भन्ने चाहन्न, तर सम्भवतः त्यस्तै हुनेछ।’   उनले धम्काउँदै भनेका छन,  ‘तर, अब पूर्ण र सम्पूर्ण शासन परिवर्तन भइसकेपछि, जहाँ फरक, बुद्धिमान र कम उग्र विचार भएका मानिसहरू हावी हुनेछन्, सायद केही क्रान्तिकारी रूपमा अद्भुत कुरा हुन सक्छ ।

कसलाई थाहा ? हामी आज राति थाहा पाउनेछौं यो विश्वको लामो र जटिल इतिहासको सबैभन्दा महत्वपूर्ण क्षणमध्ये एक हो । ४७ वर्षको जबर्जस्ती, भ्रष्टाचार र मृत्यु अन्ततः समाप्त हुनेछ। भगवान् इरानका महान जनतालाई आशीर्वाद दिनुहोस् ।’