एजेन्शि । इजरायलको इरानी जनतालाई अन्तिम चेतावनी— "रेलबाट यात्रा नगर्नु, ज्यान जोखिममा पर्न सक्छ!"
इजरायलले इरानभित्रका सर्वसाधारणलाई रेल सेवा प्रयोग नगर्न कडा चेतावनी दिएको छ। इजरायली सैन्य अधिकारीहरूका अनुसार इरानको रेल सञ्जाल अब सैन्य लक्ष्यको सूचीमा परेकाले त्यहाँ यात्रा गर्नु ज्यानका लागि जोखिमपूर्ण हुन सक्छ। यसअघि इरानका तीन विमानस्थल र प्रमुख ऊर्जा केन्द्र असलुयेमा भीषण आक्रमण गरेको इजरायलले अब यातायात पूर्वाधारलाई निशाना बनाउने तयारी गरेको बुझिएको छ।
इरानको रिभोलुसनरी गार्ड्स (IRGC) ले रेलमार्गलाई हतियार र सैनिक ओसारपसारका लागि प्रयोग गर्ने गरेको दाबी गर्दै इजरायलले यस्तो चेतावनी जारी गरेको हो। यो चेतावनीसँगै इरानका प्रमुख शहरहरूमा त्रास फैलिएको छ।






































