काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार रहेको बताएकी छन् ।
आज विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले स्वास्थ्य सेवा मात्र नभई स्वच्छ वातावरण, खाद्य सुरक्षा र उपभोक्ता अधिकारजस्ता संवैधानिक हकहरू पनि नागरिकको समग्र स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको बताइएकी हुन् ।
उनले भनिन्, ‘सबै मानिस स्वास्थ्यसँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिएका अन्य संवैधानिक हक जस्तै स्वच्छ वातावरणको हक खध्य सुरक्षाको अधिकार, उपभोक्ताको हक पनि महत्त्वपूर्ण रहेको छ । मैलीक हक अधिकार कार्यान्वयन गर्न स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो ।’
यस वर्षको नारा ‘मानव, पशुपन्छी र वातावरणको हित विज्ञान र एक स्वास्थ्य, हाम्रो जित’ लाई उल्लेख गर्दै मन्त्री मेहताले स्वास्थ्यका विविध आयामहरूबीचको अन्तरसम्बन्धमा जोड दिइन् ।
नयाँ स्वास्थ्य चुनौतीहरूको समाधानका लागि विभिन्न सरकारी तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उनले स्पष्ट पारिन्।
उनले भनिन्, ‘नयाँ स्वास्थ्य चुनौती समाधानको लागी हामी सबै जनाले सरकारवाल निकायबिच सहकार्य अपरिहार्य छ । यी स्वास्थ्यको अवधारणले महत्वले आत्मसाथ गर्दै सरकाले सन २०१९ राष्टय एक स्वास्थ्य र नीति स्वकृत गरेको छ ।’
नेपाल सरकारले सन् २०१९ मा राष्ट्रिय एक स्वास्थ्य नीति स्वीकृत गरिसकेको उल्लेख गर्दै उनले आगामी दिनमा विशेषगरी नसर्ने रोगहरूको नियन्त्रणका लागि समन्वय र सहकार्य अझ सुदृढ गरिने बताइन् ।






































