काठमाण्डौ  । राजधानीको पिंगलास्थान क्षेत्रमा सोमबार राती लागु औषध नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा १ जना कारोबारी घाइते भएका छन्। उनीसँगै १ केजी बराबर ब्राउन सुगर बरामद गरिएको छ।

लागु औषध नियन्त्रण ब्युरोको विशेष टोलीले कारोबार भइरहेको सूचनाको आधारमा कारोबारीलाई नियन्त्रणमा लिन प्रयास गरेको थियो। कारोबारी नियन्त्रण बाहिर हिँडेपछि प्रहरीले सावधानीपूर्वक गोली चलाउनु परेको स्रोतले जनाएको छ। गोली लागेर सामान्य घाइते भएका उनीलाई तुरुन्तै नियन्त्रणमा लिइएको छ। लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएर २ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो

घटनापछि जिल्ला प्रहरी परिसर, काठमाडौँको टोली पनि थप अनुसन्धान र सुरक्षाका लागि घटनास्थलमा खटिएको छ।