रुपन्देही । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर लागुऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
सोमबार राति रूपन्देहीको रोहिणी–४, कोटहवामा लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरीको संयुक्त टोलीले विशेष अपरेसन चलाएको थियो। चेकजाँचका क्रममा युपी ५६ एफ ९९०१ नम्बरको भारतीय मोटरसाइकलमा आएका तस्करहरूले भाग्न खोज्दा प्रहरीमाथि ढुं'गा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।
प्रहरी कारबाहीका मुठभेडका क्रममा प्रहरीले एक राउन्ड हवाई फायर र आत्मरक्षाका लागि तस्करको घुँडामा गोली प्रहार गरेको हो।पक्राउ पर्नेहरूमा भारतीय नागरिक १८ वर्षीय अरूण कुमार, २० वर्षीय विनय पाण्डेय र रोहिणी–२ का विशाल यादव रहेका छन्।उनीहरूको साथबाट ३३ सय एम्पुल प्रतिबन्धित लागुऔषध बरामद गरेको छ।
गोली लागेका विशाल यादवको भीम अस्पतालमा उपचार भइरहेको छ भने घटनामा एक प्रहरी जवान समेत घाइते भएका छन्।






































