काठमाडौं— कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ ।

कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर बिहान ८ः३४ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।