काठमाडौं— ललितपुर जिल्ला अदालतमा खाजाको समयमा पनि सेवा नरोकिने भएको छ। मंगलबार अदालतको प्रशासन शाखाले एक सूचना जारी गर्दै खाजाको समयमा पनि सेवाग्राहीलाई सेवा दिने व्यवस्था गरेको जनाएको छ।
‘यस अदालतमा कार्यरत कर्मचारीहरुका लागि दिउँसोको खाजा समय प्रत्येक आईतबारदेखि बिहीबारसम्म १ः३० बजेदेखि २ः३० बजेसम्म र शुक्रबार १० देखि २ बजेसम्म तोकि सो समयमा अदालतको सेवा प्रवाह रोकावट हुने गरेकाले आज मिति २०८२/१२/१७ देखि अदालतको खाजा समयमा समेत कुनै रोकावट नगरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको व्यहोरा सम्पूर्ण सेवाग्राहीको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’ अदालतले सूचनामा भनेको छ।







































