काठमाडौं— जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी युवाहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागी युवाहरूले आँखामा कालोपट्टी बाँधेर शान्तिपूर्ण रूपमा विरोध जनाएका थिए। उनीहरूले “कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ ?”, “जनताको अधिकारः कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर”, “प्रतिवेदन हरायो, सरकार किन डरायो?”, “सरकार झुक्ला दोषिसामु, घाइते जेनजी योद्धा झुक्दैन” र “आमा न्याय माग्न तिमिलाई कति गर्नु कर?” लगायतका प्लेकार्ड बोकेर सरकारसँग प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए।
प्रदर्शनकारीहरूले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे सत्य तथ्य सार्वजनिक हुनुपर्ने भन्दै आयोगको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन्। उनीहरूको भनाइमा प्रतिवेदन सार्वजनिक नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।




































