काठमाडौं— एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलागढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकप्टर दुर्घटना भएको हो ।
काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकप्टर दुर्घटना भएको बताइएको छ । दुर्घटना हुँदा मानवीय क्षति भने भएको छैन । घटनाबारे विवरण आउन बाँकी छ ।






































