काठमाडौं— कार्यक्रममा निर्वाचन प्रहरी रमा गौतमले छोटो समयका लागि भए पनि देशको सेवामा योगदान दिन पाएको अनुभव साझा गरिन् । उनले बाहिरबाट हेर्दा सजिलो देखिए पनि निर्वाचन सुरक्षाको काम व्यवहारमा चुनौतीपूर्ण रहेको बताइन् । साथै ४५ दिनको अवधिमा नेपाल प्रहरीले दिएको साथ, सहयोग र सम्मानले कामलाई सहज बनाएको उनको भनाइ थियो ।

उनले भनिन्, ‘मैले कहिले पनि सोचेको थिएन थोरै समयको लागि भए पनि देशको लागि योगदान दिन सक्छु भनेर । बाहिरबाट हेर्दा जति सजिलो छ त्यो साच्चै सजिलो छैन । माया इज्जतको साथ हामीहरुलाई यो ४५ दिन सहज बनाउनु भयो नेपाल प्रहरीले धन्यवाद । यस वर्षको निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी मातहत रहने गरी १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी मातहत रहने गरी १५ हजार ११० गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो ।