काठमाडौं— नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भले चाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँ रहेको थियो ।