वीरगञ्जमा अवैध गोदाममा छापा मार्दा आक्रमण : तीन सशस्त्र प्रहरी घाइते, गाडीमा क्षति

256 Shares
alt

रौतहट – पर्साको वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा अवैध रूपमा सञ्चालन गरिएको एक गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । आक्रमणकारीको ढुंगामुढाबाट सशस्त्र प्रहरीका दुईवटा सवारी साधनमा समेत क्षति पुगेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन केसीका अनुसार स्थानीय मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा कपडा भण्डारण गरिएको सूचनाका आधारमा सोमबार छापा मारिएको थियो ।
सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले उक्त स्थानबाट करिब ५ लाख रुपैयाँ बराबरको ५ पोका कपडा बरामद गरेको छ ।

सामान बरामद गरेर लैजाने क्रममा आक्रोशित तस्करको समूहले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेका थिए । सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आक्रमणबाट सशस्त्र प्रहरीको एउटा वानटन र एउटा स्कार्पियो गाडीको सिसा फुटेको छ । झडपमा परी ३ जना सशस्त्र प्रहरी सामान्य घाइते भएका छन् ।

घाइते सुरक्षाकर्मीहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको कपडा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।

घटनापछि सम्भावित तनावलाई मध्यनजर गर्दै आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान र खोजी भइरहेको छ ।


सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.